काठमाडौं ।तामाङ गीत सांगीतिक आकाशमा गायक तथा संगीतकार कर्साङ तामाङ र गायिका पुजा तामाङको सुमधुर आवाजमा रहेको नयाँ तामाङ प्रेमगीत
प्रेमगीत सक्सेन थाहा तागाई” भन्ने बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ।

सोमबार काठमाडौंको बालाजु अवस्थित सोमबारमित्रनगर बसपार्क स्थित बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनमा विशेष पत्रकार सम्मेलन गरी तामाङ समुदायको पहिलो गायक  तथा तामाङ सेलो सम्राट चन्द्रकुमार मोक्तानको प्रमुख अतिथिमा सार्वजनिक भएको हो।

शब्द डि.एण्ड.डी लामाको संगीत युवा संगीतकार कर्साङ तामाङको रहेको छ।भने भिडियोको निर्देशक सन्चु थोकरद्वारा निर्देशित उक्त गीतमा सरोज तामाङ र याङकी दोङले मुख्य भुमिका निर्वाह गरेका छन् ।
अडियोको एरेञ्ज मिक्सिङ गायक कर्साङ तामाङकै रहेको छ भने भिडियोको छायांकन, ड्रोनमा सन्चु थोकरले नै गरेको हुन्। भिडियोको कलर जोन राईनले गरेका छन् ।सहा छायांकन रेशम स्याउलीले रहेको छ।

उक्त पत्रकार सम्मेलन तथा म्युजिक भिडियो सार्वजनिक कार्यक्रमको विशेष अतिथि तामाङ चलचित्र संघकी कार्यवाहक अध्यक्ष भुइसल लामा, नेपाल तामाङ कलाकार संघका महासचिव रोशन फ्युवा,म्हेन्दो माया कलाकार संघको अध्यक्ष वाङछु पासाङ तामाङ,लामा गुरु लोपेन वाङगेल तामाङ , गायक तथा संगीतकार प्रकाश तितुङ तामाङ,संगीत अार.वि लामा,राष्ट्रिय खेलाडी सुस्मिता तामाङ,सारा शाक्य, वैदेशिक रोजगार उद्दार नेपालको संस्थाका उपाध्यक्ष विशाल तामाङ , राष्ट्रिय खेलाडी सागर घिसिङ अतिथिहरु ,कलाकार , पत्रकार सञ्चारकर्मीहरु कार्यक्रम उपस्थिति रहेका थिए।

यस म्युजिक भिडियो गायिका पुजा तामाङ अफिसियल युट्युब च्यानालबाट सार्वजनिक भएको छ।

कार्यक्रम clef entertainment प्रबन्धक तथा निर्देशक सन्चु थोकरको सभापतित्वमा सम्पन्न कार्यक्रम पत्रकार तथा सञ्चारकर्मी सुदिन दोङले सञ्चालन गरेको थियोे ।

भिडियो हेर्नुस् l

Comments

comments