काठमाडौं । गायिका रिचा ब्लोनको नयाँ म्हेन्दोमाया गीत ‘गोन्बो गाङ‘’को भिडियो बजारमा सार्वजानिक भएको छ।
तामाङ समुदायको म्हेन्दो माया गीतको छुट्टै बिशेषता बोकेको तामाङ गीत हो।जुन गीत विशेष गरी धादिङ नुवाकोट रसुवामा निकै लोकप्रिय भाका हुन् ।

नेपाल तामाङ कलाकार संघको महासचिव रोशन फ्युबाको शब्द र वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानको संगीत संयोजन रहेका छ।

उक्त गीतलाई वाङ्च्यु फ्युबाले मिक्सिङ गरेका छन् । सरिस्मा तामाङको नृत्य निर्देशनमा गायिका रिचा आफैले मोडलिङ गरेकी छिन् । रोशन फ्युबाले निर्देशन गरेको भिडियोलाई प्रकाश तामाङले छायाँकन गरेका छन् । यो गीत भने गायिका ब्लोनको पहिलो म्युजिक भिडियो हो ।

यस म्युजिक भिडियो LMCडिजिटल मिडिया हाउसबाट सार्वजनिक गरेको छ।
भिडियो हेर्नुस् ।

Comments

comments