बेथानचोक । बेथानचोक गाउँपालिकामा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविर बेथानचोक गाउँपालिका वडा नं. १ च्याङम्राबेशीमा सम्पन्न भएको हो ।
ग्रामीण उत्थान बहुमुखी सेवा समिति काभ्रेको आयोजना एवं जिल्ला पशु सेवा कार्यालय काभ्रे र बेथानचोक गाउँपालिकाको सहयोगमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको थियो ।
शिविरमा च्याम्राङबेशिका ६६ घरका ६ सय भन्दा बढी घरपालुवा जनावरहरुको स्वास्थ्य जाँच गरेको ग्रामिण उत्थान बहुमुखी सेवा समितिका अध्यक्ष आश्विन चौलागाईले तेमाल अनलाईनलाई जानकारी दिए ।
पशु स्वास्थ्य शिविरमा जिल्ला पशु सेवा कार्यालयका डाक्टर नारायण बहादुर श्रेष्ठ सहित प्रन्ध जना पशु सेवाका विज्ञहरुले उपचार गरेका थिए । शिविरमा आकस्मिक उपचार, परजिवि नियन्त्रण, पशुहरुलाई खोप, पशु बन्ध्याकरण, रोग निदान, बाझोपन निवारणका साथै प्राविधिक परामर्श समेत दिएको डा. श्रेष्ठले जानकारी दिए ।
शिविरको आर्थिक सहयोग सिईसिआईसि र जिएसिले गरेको थियो । उक्त शिविर भोली बुधबार १६ गते बेथानचोक गाउँपालिका वडा नं. ५ र ६ मा हुने आयोजकले जनाएको छ ।