काभ्रे जिल्लाको क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यतर्फ नेकपा माओवादी केन्द्रका सुर्यमान दोङ लालध्वजले अग्रता कायमै राखेका छन् ।

हालसम्म यो क्षेत्रमा खानीखोला गाउँपालिकाको ६१०९ मत गणना भएको छ । गणना भएको मतमा लालध्वजले ११७१ मतको अग्रता कायम राखेका छन् ।

लालध्वजले ३४६८ मत प्राप्त गरेका छन् भने एमालेका रेशम लामाले २२९७ मत प्राप्त गरेका छन् ।

प्रदेशतर्फ १ (१) मा माओवादी केन्द्रका रत्न ढकालले ३२२९ र एमालेका दिलिप तामाङले ३०३३ मत प्राप्त गरेका छन् । प्रदेश १(२)तर्फ कांग्रेसका तीर्थ लामाले ३६४२ र एमालेका चन्द्र लामाले २२८८ मत प्राप्त गरेका छन् ।

१ नम्बर क्षेत्रका सबै क्षेत्रमा गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता कायम गरिरहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।