प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा (क)बाट माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले भारी मतान्तरका साथ विजयी भएका छन् ।

मन्त्री ढकाले एमालेका उम्मेदवार दिलिप तामाङलाई ९ हजार ४ सय ४२ मतले पछि पार्दै विजयी भएका हुन् ।

ढकालले २० हजार ७ सय २० मत प्राप्त गरेका छन् भने एमालेका दिलिप तामाङले ११ हजार २ सय ७८ मत प्राप्त गरेका छन् ।

Comments

comments