काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा विजयी भएका छन् । बाँस्कोटा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ९ सय १७ मतान्तरले पछि पार्दै विजय भएका हुन् ।
बाँस्कोटाको पक्षमा ४५ हजार ३४५ मत आउँदा उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका हुमागाईंको पक्षमा ३९ हजार ४२८ मत परेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले १०हजार ५ सय ८६ मत प्राप्त गरेका छन् । यो जीत बास्कोटाको संसदको यात्रा दोस्रो इनिङ हो ।
सोही क्षेत्रबाट ०७४ मा बाँस्कोटाले देशभरकै तेस्रो ठूलो भारी मतान्तरले कांग्रेसका नेता मधु आचार्यलाई पराजित गरि विजयी भएका थिए ।
एमाले सरकार हुँदा सरकारको प्रवक्ता र सूचना तथा संचार मन्त्री समेत भएका उनी सेक्युरिटी प्रीन्टिङ प्रसेको अडियो प्रकरणमा मुछिएपछि मन्त्रीबाट राजीमा दिनु परेको थियो ।
कुल मतदाता संख्या १ लाख ५७ हजार ४४२ जना रहेको यो क्षेत्रबाट मंसिर ४ गते सम्पन्न निर्वाचनमा १ लाख ३ हजार ३९१ मत खसेको थियोे । उता गठबन्धन हुँदा पनि हुमागाईँ पराजित भएपछि पार्टी भित्र अन्तरघातिको खोजी हुन थालेको बताइन्छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















