नेपाली कांग्रेसका नेता तथा आम निर्वाचना–०७९ मा काभ्रे–२ बाट पराजित भएका शिव प्रसाद हुमागाईले प्रारम्भदेखि नै आफूलाई ठूलो चक्रब्यूह र घेराबन्दीमा राखेको खुलासा गरेका छन् । गठबन्धनका उम्मेदवारहरुको विजयी र्यालीपछि धुलिखेलमा आयोजित कोणसभालाई सम्बोधन गर्दै हुमागाईले उक्त कुराको खुलासा गरेका हुन् ।
आफुलाई काभ्रे २ नम्बर क्षेत्रका मतदाता जिताएको समेत दावी गरे ।
‘मलाई काभ्रे निर्वाचन क्षेत्र नम्बर २ का मतदाताले जिताउनुभएको हो । तर कांग्रेस पार्टीकै आन्तरिक ब्यवस्थापन गर्न नसक्दा हार ब्यहोर्नु पर्याे, कुरा प्रष्ट छ ।’ आँसु झार्दै हुमागाईंले भने, ‘म उम्मेदवारको लागि निर्णय भएको प्रारम्भदेखि नै मलाई ठूलो चक्रब्यूह र घेराबन्दीमा राखिएको थियो । त्यसैले हारें ।’
हुमागाईले गठबन्धनका अन्य दलका कारण नभै आफ्नै दलका केही व्यक्तिहरुले कतै हलचल नै गर्न नसक्ने गरि चक्रब्यूहमा राखिएको दोहोर्याए । ‘निर्वाचनमा कतै हलचल नै गर्न नसक्ने गरी चक्रब्यूहमा राखिएको थियो । तर काभ्रेली मतदाता, लोकतान्त्रिक बाम गठबन्धनका साथीहरु र नेपाली कांग्रेसका इमान्दार एवं नैतिक साथीहरुको जगमा निर्वाचनलाई कडा प्रतिस्पर्धामा लैजना सफल भएको हौँ ।’ उनले भने, ‘त्यसका लागि इमान्दार मतदाता र गठबन्धन दललाई आभार ब्यक्त गर्न चाहान्छु, धन्यवाद दिन चाहान्छु ।’
हुमागाईले आफु बाँचुञ्जेलसम्म र शरीरले साथ दिएसम्म निर्वाचनका बेला बोलेका कुराहरु पुरा गर्ने प्रतिबद्धता जाहेर गर्दै काभ्रेको विकास र काभ्रेली जनताको दुःख, सुखमा आफ्नो निरन्तर साथ रहने बताए । ‘यो हारबाट म कदाबी विचलित हुने छैन्न । नैतिक, आदर्श र निष्ठाको राजनीति गर्न र सुशासन कायम गर्न प्रतिबद्ध छु । म पछि हट्ने छैन ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















