वाम लोकतान्त्रिक गठबन्धनले काभ्रेका विभिन्न शहरमा शनिबार र्‍याली निकालेको छ । काभ्रेको प्रतिनिधिसभा क्षेत्र नं. २ बाहेक सबै क्षेत्रमा जित हात पारेको गठबन्धनले धन्यवाद र्‍याली निकालेको हो ।

काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सूर्यमान दोङ (लालध्वज) विजयी भएका छन् । सोही निर्वाचन क्षेत्रको प्रदेशसभा (क)मा माओवादी केन्द्रकै रत्न ढकाल र (ख)मा नेपाली काँग्रेसका तीर्थ लामा विजयी भएका हुन् ।

त्यस्तै काभ्रेको प्रतिनिधिसभा २ (क)मा नेकपा (एकीकृत समाजवादी) का लक्ष्मण लम्साल र (ख)मा काँग्रेसका कञ्चनचन्द्र वादेले जित हात पारे ।

काभ्रे–१ मा गठबन्धनका साझा उम्मेदवार शिवप्रसाद हुमागाईंको पक्षमा नतिजा आएन।

कोणसभामा बोल्दै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दोङले आगामी ५ वर्षमा समृद्ध काभ्रे बनाउने अठोट गर्दै जनताको अमूल्य मतको अपमान हुने गरी सुशासनमा कुनै कालो धब्बा लाग्न नदिने बताए ।

प्रदेशसभा सदस्य तीर्थ लामाले काभ्रेको समग्र विकासका लागि कुनै बहाना नबनाई दत्तचित्त भएर लाग्ने बताए ।

त्यस्तै बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य रत्न ढकालले काभ्रेलाई भ्रष्टाचारमुक्त जिल्ला बनाउने दाबी गरे ।

नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले छिट्टै काभ्रेले विकासमा फड्को मार्ने बताए ।

र्‍याली काभ्रेको मुख्य शहरहरु पनौती, बनेपा हुँदै धुलिखेलमा पुगेर कोणसभामा परिणत भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।