प्रतिनिधिसभामा १२ सिट रहेको कर्णालीमा नेकपा एमाले शून्य भएको छ। प्रदेससभामा प्रत्यक्षतर्फ जितेको नेकपा एमाले प्रतिनिधिसभामा शून्य भएको हो।

 जाजरकोटमा नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत, रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) का जनार्दन शर्मा, सुर्खेत क्षेत्र नम्वर १ मा  कांग्रेसका पूर्णबहादुर खड्का, क्षेत्र नम्वर २ मा हृदयराम थानी, दैलेख क्षेत्र नम्वर १ मा नेकपा ( एकीकृत समाजवादी ) का अम्वरबहादुर थापा , क्षेत्र नम्वर २ मा नेपाली कांग्रेसका दिक्पालकुमार शाही विजयी भए।

त्यस्तै, सल्यानमा नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वाला, डोल्पामा समाजवादीकै धनबहादुर बुढा, जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही, कालिकोटमा माओवादीका महेन्द्रबहादुर शाही, मुगुमा कांग्रेसका ऐनबहादुर शाही ठकुरी र हुम्लामा नेकपा (माओवादी केन्द्र) का छिरिङ डम्डुल लामा (भोटे) विजयी भएका छन्।

 कर्णालीका १० जिल्लामा रहेका १२ सिटमा एमाले शून्य हुँदा प्रदेशसभा अहिलेसम्म डोल्पा प्रदेशसभा (क) मा नेकपा एमालेका शेरबहादुर बुढा, सुर्खेत क्षेत्र नम्वर २ को (क) मा नेकपा एमालेका यमलाल कँडेल विजयी भए। मुगु क्षेत्र नम्बर १ को (क) मा एमालेका जितबहादुर मल्ल विजयी भएका छन्। दैलेख क्षेत्र नम्वर क्षेत्र नम्वर २ (ख) विनोदकुमार शाहले जिते। जुम्ला प्रदेशसभा (ख) मा नेकपा एमालेका टेकराज पछाइ विजयी भएका छन्। प्रदेशसभातर्फ एमालेको अहिलेसम्म पाँच सिट आएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।