प्रतिनिधि सभा काभ्रे निर्वाचन क्षेत्र नं. १ मा विभिन्न पार्टीहरुको तर्फबाट र स्वतन्त्र गरि १७ जनाले निर्वाचनमा भाग लिएका थिए । नेकपा (माओवादी केन्द्र) गठबन्धन, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका उम्मेदवारहरुले धेरै मत पाए पनि केही पार्टी र स्वतन्त्र उम्मेदवारहरुले भने धेरै न्यून मत प्राप्त गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालय काभ्रेका अनुसार काभ्रे–१ मा १७ जनाले उम्मेदवारी दिएका थिए । लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार तथा माओवादी केन्द्रका नेता सूर्यमान दोङले ३४,५१२ मत ल्याएर विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रेशम लामालेले ३०,५४८ मत प्रप्त गरेका थिए ।
कुन उम्मेदवारले कति पाए मत ?
१. रेशम बहादुर लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य ३०,५४८
२. सुर्य मान तामाङ (दोङ) नेकपा (माओवादी केन्द्र) गोलाकार भित्र हँसिया–हथौडा ३४,५१२ (विजयी)
३. धन वहादुर तामाङ जनता समाजवादी पार्टी, नेपाल ढल्केको छाता ३५०
४. पुर्ण बहादुर विश्वकर्मा राष्ट्रिय प्रजातन्त्र पार्टी हलो १,८५३
५. पूर्ण सिङ तामाङ, नेपाल मजदुर किसान पार्टी मादल ९४
६. प्रकाश लामा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल साइकल ४६
७. प्रशान्त के. सी. नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी) महिला पुरुष १०१
८. गोविन्द राज गिरी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल तीर ८५
९. गणेश कुमार कपाली नेपाल कम्युनिष्ट पार्टी (माले) हँसिया र तारा ११२७
१०. कमल बहादुर लामा (तामाङ) मंगोल नेशनल अर्गनाइजेसन कुखुराको भाले ३५७
११. जोग मान लामा नेपाल कम्युनिष्ट पार्टी परिवर्तन माथि चराको प्रतिक भएको डम्फु २७८
१२. बसु नारायण श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी गोलाकार भित्र घण्टी ८,६९७
१३. जीत बहादुर मोक्तान स्वतन्त्र माछा १८४
१४. माधव प्रसाद कँडेल स्वतन्त्र मौरी ३३
१५. राजन घोरासाइने स्वतन्त्र ग्यास सिलिन्टर ५९
१६. रुकमीणी श्रेष्ठ स्वतन्त्र पुतली ४८३
१७. ज्ञानेन्द्र कुमार तामाङ स्वतन्त्र सूर्यमुखी फूल २३९
Comments