नेकपा एमालेले काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश (ख)मा पुनः मतगणनाको माग गरेको पुनः मतगणनाको माग गरेको छ । मतदान, मतगणना र प्रमाणपत्र दिने सन्दर्भमा सरकार तथा निर्वाचन अधिकृतहरुबाट अनियमितता भएको भन्दै एमाले महासचिव शंकर पोख्रेलले निर्वाचन आयोगलाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै काभ्रेमा पनि पुनः मत गणना गर्न माग गरेको हो ।
सो पत्रको ८ नं. बुँदामा ‘काभ्रे जिल्ला निर्वाचन क्षेत्र नं. १ (ख)मा प्रदेश सभाको मतगणना गर्दा सदर हुनुपर्ने पतलाई गणना नगरिएको हुँदा पुनः मत गणना गरिनुपर्ने’ भनि उल्लेख गरेको छ ।
महासचिव पोखरेलले सोमवार आयोगलाई बुझाएको ध्यानाकर्षणमा सत्तापक्षबाट दोलखा, बाजुरा र स्याङजामा बुथ कब्जा भएका सबै ठाउँमा पुनः मतदान गराउन माग गरेको छ ।
त्यस्तै, चुनाव जितिसकेका पाँचथरका एमाले उम्मेदवार वसन्त नेम्वाङलाई निर्वाचित भएको प्रमाणपत्र नदिई रोक्ने कुराले सत्ता गठबन्धन धाँधली गर्ने तयारीमा रहेको आशंका सिर्जना भएको समेत एमालेले जनाएको छ ।
काभ्रेको सो क्षेत्रमा नेपाली काँग्रेसका जिल्ला सभापति तथा गठबन्धनका साझा उम्मेदवारले एमालेका उम्मेदवार चन्द् लामालाई ३ भोटले पराजित गराएका थिए । शुरुदेखि नै कडा प्रतिस्पर्धामा रहेको लामाद्वयको प्रतिष्पर्धालाई रोचक बनेको थियो ।
यस्ताे छ ध्यानाकर्षण–पत्र