काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा माओवादी केन्द्रले सबैभन्दा बढी मत प्राप्त गरेर सबैभन्दा ठूलो पार्टी बनेको छ । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले गाउँपालिकामा सबैभन्दा धेरै मत ल्याएर पहिलो पार्टी बनेको हो ।
८ वटा वडा रहेको महाभारत गाउँपालिकामा माओवादी केन्द्रले ३ हजार २ सय ७० मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १ हजार ४ सय ८८ मत प्राप्त गरेर दोस्रो स्थान अगट्न सफल भएको छ ।
त्यसैगरि नेकपा (एमाले) ले १ हजार १ सय ८२, नेकपा (एकीकृत समाजवादी)ले २ सय ९७, राट्रिय स्वतन्त्र पार्टीले ६८, नेकपा (माले) ६३, राट्रिय प्रजातन्त्र पार्टीले १०, जनता समाजवादी पार्टीले ६, नेपाल मजदुर किसान पार्टीले १९ र अन्य दलले ४७ मत प्राप्त गरेको छ ।
महाभारत गाउँपालिकामा ६ हजार ७ सय ७९ खसेको थियो भने ४ सय ६२ मत बदर भएको छ ।
यस्तो छ वडागत रुपमा तीन पार्टीले प्राप्त गरेको मत विवरण
वडा नं. १
माओवादी केन्द्र ५७१
काँग्रेस १४१
एमाले ५४
वडा नं. २
माओवादी केन्द्र ४०३
काँग्रेस १६५७
एमाले १११
वडा नं. ३
माओवादी केन्द्र ३३७
काँग्रेस २६४
एमाले १३७
वडा नं. ४
माओवादी केन्द्र १९४
काँग्रेस १७९
एमाले १११
वडा नं. ५
माओवादी केन्द्र ४३२
काँग्रेस १३५
एमाले १६२
वडा नं. ६
माओवादी केन्द्र ५६३
काँग्रेस १५०
एमाले ३२७
वडा नं. ७
माओवादी केन्द्र ४०५
काँग्रेस ३००
एमाले ५९
वडा नं. ८
माओवादी केन्द्र ३६५
काँग्रेस १६२
एमाले २२१