प्रतिनिधिसभाको प्रत्यक्षतर्फ काभ्रे जिल्लामा विभिन्न दल र स्वतन्त्र गरी १३ जना उम्मेदवारले १०० मत कटाउन सकेका छैनन् । जिल्लाको २ वटा निर्वाचन क्षेत्रको प्रत्यक्ष तर्फको मत गणनाको नतिजा अनुसार १३ जना उम्मेदवारले १०० भन्दा कम मत ल्याएका हुन् ।

निर्वाचन आयोगको तथ्यांक अनुसार प्रतिनिधिसभा काभ्रे क्षेत्र नं. १ मा ५ जना उम्मेदवार र २ को ८ जना उम्मेदवारले १०० मत पनि कटाउन सकेनन् ।

यी हुन् १०० कटाउन नसकेका उम्मेदवारहरु

काभ्रे–१

पूर्ण सिङ तामाङ– नेपाल मजदुर किसान पार्टी– ९४

गोविन्द राज गिरी– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल– ८५

प्रकाश लामा– लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल– ४६

राजन घोरासाइने– स्वतन्त्र– ५९

माधव प्रसाद कँडेल– स्वतन्त्र– ३३

काभ्रे– २

गंगा लाल श्रेष्ठ– नेपाल नौलो जनवादी पार्टी– १००

योक बहादुर घिसिङ– नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी– ९९

अचम्म लामा– मंगोल नेशनल अर्गनाइजेसन– ९२

उत्तर कुमार लामा– नेपाल कम्युनिष्ट पार्टी परिवर्तन– ८६

विजय तामाङ– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च– ३५

शेषराज लामिछाने– स्वतन्त्र– १००

कृष्ण खत्री– स्वतन्त्र– ४५

बोधनाथ न्यौपाने– स्वतन्त्र– ८३

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।