गत मंसिर ४ गतेको निर्वाचनमा नेकपा एमालेको तर्फबाट काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ को उम्मेदवार बनेका रेशम लामाले विजयी उम्मेदवार सूर्यमान दोङ (लालध्वज)लाई बधाई दिंदै मतदाताहरुलाई धन्यवाद दिएका छन् । एमालेका केन्द्रिय सदस्य समेत रहेका लामाले सामाजिक सञ्जाल फेसबुक मार्फत बधाई तथा धन्यवाद दिएका हुन् ।
‘प्रतिनिधि सभा सदस्यका रुपमा निर्वाचित हुनुभएकोमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का मित्र सुर्यमान दोङलाइ हार्दिक वधाइ एवम् सदैव काभ्रेली जनताको सुख र समृद्धिको पक्षमा कार्य गर्नु हुनेछ भन्ने विश्वास सहित शुभकामना ।’ उनले लेखेका छन्, ‘लोकतन्त्रमा हारजित निर्बाचनको स्वभाबिक प्रकृया हो । निर्वाचनमा बिजेता बन्नु भनेको जनताबाट जिम्मेवारी प्राप्त गर्नु हो र उपबिजेता बन्नु भनेको जनताको बिचमा रहेर जनताका समस्याहरु समाधान गर्न निरन्तर खबरदारी गर्नु हो भन्ने मेरो बुझाई छ । यहि मसिर ४ गते सम्पन्न भएको निर्बाचनमा मप्रति व्यक्त गर्नुभएको माया, सद्भाव र विश्वास को अमूल्य मतका लागि काभ्रेली आदरणीय मतदाताहरु प्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु ।’
उनले लेखेका छन्ः
सम्पुर्णमा हार्दिक धन्यवाद तथा आभार
आदरणीय मतदाता एवम् शुभचिन्तक ज्युहरु,
लोकतन्त्रमा हारजित निर्बाचनको स्वभाबिक प्रकृया हो । निर्वाचनमा बिजेता बन्नु भनेको जनताबाट जिम्मेवारी प्राप्त गर्नु हो र उपबिजेता बन्नु भनेको जनताको बिचमा रहेर जनताका समस्याहरु समाधान गर्न निरन्तर खबरदारी गर्नु हो भन्ने मेरो बुझाई छ । यहि मसिर ४ गते सम्पन्न भएको निर्बाचनमा मप्रति व्यक्त गर्नुभएको माया, सद्भाव र विश्वास को अमूल्य मतका लागि काभ्रेली आदरणीय मतदाताहरु प्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु ।
निर्वाचन अभियानका क्रममा प्राप्त बुवाआमाहरुको आशीर्वाद, सुभचिन्तक साथिभाईहरुको अटूट साथ,पत्रकार मित्रहरु,युवाहरुको उर्जा, पार्टी पंक्ति कार्यकर्ताको समसाथप्रति म आभारी छु । तपाईहरुको अवर्णनीय विश्वास मेरा निम्ति हमेशा प्रेरणाका स्रोत बनिरहने छन् । गएको दुई महिनादेखि सफलताको एक मात्र सङ्कल्प बोकेर निर्वाचनमा खटिने कार्यकर्ता कमरेडहरु, घर दैलो गर्नुहुने आमा दिदीबहिनीहरु, पत्रकार मित्रहरू,अभियानमा जोडिनु हुने साथीहरु प्रियजनहरु सबैप्रति कृतज्ञ छु । विभिन्न माध्यमबाट मलाई शुभकामना व्यक्त गर्नु हुने एवं प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दछु । निर्बाचन अभियानको सार्थक कभरेजका लागि सबै सञ्चारकर्मीहरु र निर्वाचन सम्पन्न गराउने कार्यका लागि मुख्य निर्वाचन अधिकृत, मतदान अधिकृत, प्रशासन, सुरक्षाकर्मीहरू र कर्मचारी मित्रहरुलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु ।
यस निर्वाचनमा धेरै किसिमका भ्रम र प्रतिकूलतालाई चिर्दै नेकपा (एमाले) तर्फबाट प्रतिनिधि सभामा उमेदवारी हुदै गर्दा विजयी बन्न नसके पनि भविष्यमा काभ्रेली जनतासितको सम्वन्ध/सम्पर्कलाई थप जीवन्त बनाउने, जनताका विकास निर्माणका चाहना र आवश्यकतालाई सँधै उच्च प्राथमिकतामा राख्ने , पारदर्शी जीवनशैली अपनाउने र निरन्तर देश हित र काभ्रेली जनताका काममा कृयाशील बन्ने मार्गमा पूर्ववत लागिरहने प्रतिवद्धता समेत व्यक्त गर्दछु !
मैले उम्मेदवारी दिएको क्षेत्र – काभ्रे- १ मा मैले यस क्षेत्रको उम्मेदवार भैइरहदा जीवनका लागि कहिल्यै बिर्सन नसक्ने धेरै उपयोगी कुराहरू शिक्षा र प्रेरणा पाएको छु,जसलाई आत्मासाथ गर्दै आगामि दिनहरूमा यहाहरू माझ सदैव ऋणी हुने प्रतिज्ञा गर्दै माया सद्भाव प्रदान गर्नुहुने सबैप्रति र मलाई यो लोकतान्त्रिक अभ्यासमा भाग लिन साथ र सहयोग गर्नुहुने पार्ति अध्यक्ष प्रति मेरो सँधै उच्च आदरभाव रहिरहनेछ ! म आफ्नो बाँकी जीवन देश, जनता र परिवर्तनको अभियान तथा आफू सम्बद्ध रहेको पार्टी – नेकपा( एमाले)प्रति समर्पित रहिरहनेछु !
कानुनी हैसियतले जनप्रतिनिधिको भूमिकामा नरहे पनि तपाईंको मन-प्रतिनिधिका रुपमा दुःख सुखका हरेक पलमा तपाईं को अब्बल प्रतिनिधि को रुपमा उभिने प्रन गर्दछु ! म हिजो पनि किशोरवय देखि नै तपाईंको साथमा थिएं,आज पनि छु र भोलि पनि रहि रहनेछु । निर्बाचनको हार जितको परिणामले मेरो राजनीतिक जीवन, कृयाशिलता र बिकास अभियानमा रत्तिभर फरक पर्ने छैन । मेरो सिङ्गो जीवन राष्ट्र र जनताको हित, जिल्लाको समग्र विकास र जिल्लावासीहरुको सेवामा समर्पित रहने प्रण गर्दछु ।
प्रतिनिधि सभा सदस्यका रुपमा निर्वाचित हुनुभएकोमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादि केन्द्र)का मित्र सुर्यमान दोङलाइ हार्दिक वधाइ एवम् सदैव काभ्रेलि जनता को सुख र समृद्धिको पक्ष मा कार्य गर्नु हुनेछ भन्ने विश्वास सहित शुभकामना ।
अन्त्यमा आज, भोलि र सॅंधै तपाईं सम्पूर्णको अझ बढि आत्मियता, समसाथ, सुझाब, मार्ग निर्देशन र शुभचिन्तनाको अपेक्षा गर्दछु । सबैप्रति हार्दिक आभारसहित, धन्यवाद । लाल सलाम ।