काभ्रे । तामाङ पत्रकार संघ काभ्रेपलाञ्चोकले स्थापना दिवस मनाएको छ । आज बुधबार जिल्ला समन्वय समितिको हल धुलिखेलमा ‘आमसञ्चारमा तामाङ सञ्चारकर्मीको स्थिति’ विषयक अन्तक्रिया गरेर १९ औं स्थापना दिवस मनाएको हो ।
तामाङ पत्रकार संघ काभ्रेका अध्यक्ष अञ्जली तामाङको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिम बहादुर तामाङ प्रमुख अथिति र तामाङ पत्रकार संघका केन्द्रीय सचिब शिशिर दोङ विशेष आथित्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेश ईन्चार्ज पेमा लामा, तामाङ पत्रकार संघ बागमती प्रदेश समितिका सचिब जगतमान तामाङले भनाई राखेका थिए ।
त्यस्तै नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतीराम तिमल्सिना, उपाध्यक्ष विनोद न्यौपाने, प्रेस युनियन काभ्रेका जिल्ला अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, आदिवासी जनजाति पत्रकार महासंघ काभ्रेका अध्यक्ष ईन्द्र बहादुर थापाले आ–आफ्नो धारणा राखेका थिए ।

त्यसैगरी कार्यक्रममा तामाङ पत्रकार संघका केन्द्रिय सदस्य इकमान लामा, प्रेस युनियन नेपालका केन्द्रिय सदस्य कपिल कोइराला, मिलिजुली खबरका संचालक प्रकाश सुन्दास, राम्रो सन्देश डटकमका संचालक अरविन्द्र गौतम, बेथानञ्चोक डटकमका संचालक सुरज श्रेष्ठ, सामुदायिक सारथीका जिल्ला संयोजक भेषराज दनुवार, शिक्षक, डाँडापारी सन्देश साप्ताहिकका संचालक डि.बी लामा लगायतको उपस्थिती थियो ।
कार्यक्रमको संचालन तामाङ पत्रकार संघको सदस्य सृजना तामाङले गरेकी थिइन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।