काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा नसर्ने रोग सम्बन्धि निःशुल्क स्वास्थ्य तथा ल्याप परिक्षण सम्बन्धि शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकका अनुसार शिविरमा ४० वर्ष भन्दा माथिका नागरिकहरुको मात्र स्वास्थ्य परिक्षण हुने भएको छ ।
शिविरमा सुगर जाँच, मृगौला सम्बन्धि रगत जाँच, मुटु सबन्धि रगत जाँच, यूरिक एसिड जाँच, पिसाव जाँच, इसिजी सेवा प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख पाठकले जानकारी दिएका छन् । शिविर गाउँपालिकाको सबै वडामा सञ्चालन हुने उनले बताएका छन् ।
विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने शिविरमा सेवा लिन आउँदा अनिवार्य उमेर खुल्ने प्रमाण पत्र सँगै ल्याउन समे गाउँपालिकाले अनुरोध गरेको छ ।
यस्तो छ शिविर सञ्चालन तालिकाः
वडा नं. १ मा पौष १४ र १५ गते सामुदायिक स्वास्थ्य ईकाई सस्र्युँखर्क ।
वडा नं. २ मा पौष १२ र १३ गते वडा कार्यालय भवन, चुखा
वडा नं. ३ मा पौष १० र ११ गते वडा कार्यालय भवन ।
वडा नं. ४ मा पौष ८ र ९ गते वडा कार्यालय भवन फेदिचे ।
वडा नं. ५ मा मंसिर २७ र २८ गते पोखरी नारायणस्थान स्वास्थ्य चौकी ।
वडा नं. ६ मा पौष ६ र ७ गते ठूलोपर्सेल स्वास्थ्य चौकी ।
वडा नं. ७ मा मंसिर २९ र पौष १ गते चापाखोरी स्वास्थ्य चौकी ।
वडा नं. ८ मा पौष २ र ३ गते वडा कार्यालय भवन ।
वडा नं. ९ मा पौष ४ र ५ गते वडा कार्यालय भवन मैनाजाङ
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















