कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) महासंघ काभ्रेको १८ औं साधारण सभा तथा १० औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रामचन्द्र न्यौपाने निर्विरोध निर्वाचित भएको छ ।

अधिवेशनले बरिष्ठ उपाध्यक्षमा श्रवण कुमार आचार्य, उपाध्यक्षमा दिपक सापकोटा, सचिवमा देवकी आचार्य, कोषाध्यक्षमा केवल प्रसाद तिमल्सिना र सह–सचिवमा रुकेश राजभण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरि सदस्यहरुमा ऋषिराम गौतम, रिता श्रेष्ठ, विवेक तिमल्सिना, श्याम गोपाल श्रेष्ठ, अवोध भुषण खोजु श्रेष्ठ, उज्वल थापा मगर, प्रकाश पौडेल, उमेश अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले गरेका थिए । अधिवेशनलाई उद्घाटन गर्दै नगरप्रमुख शाक्यले बनेपा नगरपालिकालाई स्मार्ट फर्म बनाउने योजना रहेको बताउँदै काभ्रेमा रहेका युवाहरुलाई आइटि सम्बन्धी ज्ञान दिनका लागि क्यान महासंघले छिटो भन्दा छिटो अगाडि बढ्नु पर्नेमा जोड दिए ।

Comments

comments