काभ्रे जिल्लाको मण्डनदेपुर नगरपालिकामा रहेका विभिन्न विद्यालयका सयौं बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेका अनुसार मण्डनदेउपुर नगरपालिका र ईकोहिमाल नेपालको सहकार्यमा दुईदिनसम्म चलेको स्वास्थ्य शिविरमा ६३८ बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ ।

विहिबार र शुक्रबार चलेको शिविरमा बालबालिकाको आँखा, नाक, कान, घाटी र दाँतको जाँच गरिएको थियो । परीक्षणमा अधिकांश बालबालिकामा दाँतको समस्या देखिएको स्वास्थ्य शखा प्रमुख घिमिरेले जानकारी दिए । दाँतको समस्या पहिचान भएका बालबालिकाको उपचारको लागि अर्को शिबिर संचालन गरिने उनले बताए ।

आँखाको लागि चस्मा आवश्यकता परेका २८ बालबालिकालाई ईकोहिमाल नेपालले निःशुल्क चस्मा उपलब्ध गराउने छ । शिविर निकै उपलब्ध मुलक भएको स्वास्थ्य शाखा घिमिरेले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।