नेकपा (एमाले) र माओवादी केन्द्रले समानुपातिक तर्फ प्रतिनिधि सभा सदस्यमा काभ्रेबाट २ जना शहिद पत्नीलाई छानेका छन् । एमालेको तर्फबाट रुक्मणी राना बराईली र माओवादी केन्द्रको तर्फबाट मिना तामाङ छनौटमा परेका हुन् ।
बराईली पाँचखालबासी हुन् भने तामाङ तेमालबासी हुन् । दुवै जना शहिद परिवार हुन् ।
बराईली तत्कालीन नेकपा (माओवादी)का क्षेत्रियव्यूरो सदस्य तथा दलित राष्ट्रिय मुक्ति मोर्चा, नेपालका महासचिव शहिद प्रेमबहादुर बराइलीका पत्नी हुन् । उनको तत्कालीन शाही सेनाले पक्राउ गरि हत्या गरेको थियो ।
त्यसैगरी तामाङ तत्कालीन नेकपा (माओवादी)को जनमुक्ति सेना, नेपालको कम्पनी कमिसार बुद्धि तामाङको पत्नी हुन् । महाभारत गाउँपालिका वडा नं. ८ स्थित घर्तिछापमा तत्कालीन शाही सेनासँगको भिडन्तमा उनको शाहदत भएको थियो ।
बराईली नेकपाबाट माओवादी केन्द्र र एमाले अलग भएपछि एमालेमै रहेका थिए । हाल दुवै जना आ–आफ्नो पार्टीको केन्द्रिय समितिमा रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















