काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ४, बोल्ने निवासी ज्ञानबहादुर तामाङ वागमती प्रदेश सभाको समानुपातिक तर्फको सांसद बनेका छन् ।
नेकपा (एमाले)ले तामाङको नाम आज निर्वाचन आयोगमा पेश गरेपछि उनी प्रदेश सांसद बनेका हुन् ।
लामो समय देखि एमालेमा सक्रिय र हेको तामाङ नेकपा (एमाले) केन्द्रिय सहकारी विभागको सदस्य हुन् ।
उनीसँगै तेमालका प्रतिनिधि सभा सदस्य २ गरि ३ जना सांसद भएका छन् । तेमाल गाउँपालिका वडा नं. ९ निवासी नेकपा (माओवादी केन्द्र)का पोलिट ब्यूरो सदस्य सूर्यमान दोङ प्रत्यक्षमा निर्वाचित भएका थिए भने माओवादी केन्द्रकै केन्द्रिय सदस्य मिना तामाङ प्रतिनिधि सभाको समानुपातिक सांसद भएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















