गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश निर्वाचनको क्रममा अन्तर्घात गर्नेहरुको नेपाली काँग्रेस काभ्रेले खोजी कार्य शुरु गरेको छ । नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति तीर्थ लामाले पार्टीको सबै तहमा पत्रकार नै गरेर ‘अन्तरघाती’को खोजीकार्य गर्न निर्देशन दिएका हुन् ।
‘२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा पार्टीको उम्मेदवार र गठबन्धनको उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने कार्यसमितिबाट विधिवत निर्णय गरी जिल्ला अनुशासन समितिमा यहि २०७९ पौष १ गते भित्र पठाउनु हुन निर्देश गरिन्छ ।’ सभापति लामाद्वारा प्रेषित पत्रमा उल्लेख गरिएको छ ।
पत्र प्रतिनिधि सभा क्षेत्रिय कार्य समिति, प्रदेश सभा क्षेत्रीय कार्य समिति, १३ वटै पालिका कार्य समितिमा र वडा कार्य समितिमा पठाएका छन् ।
निर्वाचनको अन्तिम मत परिणाम आउन साथ नेपाली कांग्रेसभित्र अन्तरघातको ब्यापक बहस सुरु भएको छ । नेता कार्यकर्ताहरु आरोप प्रत्यरोपमा उत्रिएका छन् । जिल्ला सभापति लामाले वडा समितिलाई पठाएको पत्र केन्द्रीय समितिको निर्देशन अनुसार हो ।
नेपाली कांग्रेसले काभ्रे प्रतिनिधि सभा (१) प्रदेश (ख) मा गठबन्धनको तर्फबाट उम्मेदवारी पाएको थियो । त्यस्तै प्रतिनिधि सभा २, प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश (ख) मा उम्मेदवारी पाएको थियो । तीन वटा उम्मेदवार मध्ये दुई वटा मात्रै प्रदेश सभामा कांग्रेस विजयी भएको थियो ।
प्रतिनिधि सभा २ भने कांग्रेसले गुमाएको थियो । गठबन्धन दलका कारण नभै कांग्रेसभित्रकै गुट ब्यवस्थापन गर्न नसक्दा पराजय ब्यहार्नु परेको उम्मेदवार शिव प्रसाद हुमागाईले सार्वजनिक अभिब्यक्ति दिँदै आएका छन् । त्यसैगरि सभापति लामाले पनि एमालेका उम्मेदवार चन्द्र लामालाई ३ भोटले विजयी हासिल गरेका थिए । सो क्षेत्रमा पनि ब्यापक अन्तर्घात भएको काँग्रेसको ठम्याइ रहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















