नेपाली काँग्रेसका नेता शंखबुद्ध लामाले माओवादीलाई भोट नदिनेलाई कार्वाही हुन्छ कि हुँदैन भनि प्रश्न गरेका छन् । नेपाली काँग्रेस काभ्रेका सभापति तिर्थ लामाले निर्वाचनमा असहयोग र अन्तर्घात गर्नेको नाम पठाउन दिएको निर्देशन लगत्तै नेता लामाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
आजै सभापति लामाले गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा पार्टीको उम्मेदवार र गठबन्धनको उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको नाम कार्यसमितिबाट विधिवत निर्णय गरी जिल्ला अनुशासन समितिमा पठाउन निर्देशन दिएका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा लामाले लेखेका छन्, ‘नेपाली काँग्रेस पार्टीमा यो अन्तर्घात भन्ने शब्द कहिलेको, कुन चुनावदेखि उच्चारण भएको हो ? कुनै साथीहरूलाई थाहा भए जानकारी पाउँ र कंग्रेसको सदस्यले रुखमा मतदान नगरेको÷नगर्न निर्देशन दिएको भए कार्वाहीको भागीदार हुनुपर्छ, गठबन्धनका उमेदवार माओवादी पार्टीलाई भोट नदिएको भए कार्वाही हुने होकि नहुने हो जानकारी पाउँ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

















