काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. ४ स्थित पार्थलीमा भएको सडक दुर्घटनाबाट घाइते भएकोहरु अवस्था बुझ्न प्रतिनिधि सभा सदस्य सांसद सूर्यमान दोङ (लालध्वज) अस्पताल पुगेका छन् । बुधबार दोङ उपचररत घाइतेहरुको अवस्था बुझ्न बनेपा स्थित शिरमेमोरियल अस्पतला पुगेका हुन् ।
अस्पतमा पुगेर दोङले घाइतेहरुलाई भेटेर शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले घाइतेहरुको निःशुल्क उपचारको लागि पहल गर्ने समेत प्रतिबद्धता जाहेर गरेका छन् । ‘अत्यन्तै दुःखत घट्ना घट्यो । यसले हामीलाई निक्कै मर्माहित बनाएका छ । सबै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभाको कामना गर्न चाहन्छु ।’ सांसद दोङले भने, ‘घाइतेहरुको निःशुल्क उपचारको लागि सरकारसँग म विनम्र अनुरोध पनि गर्न चाहन्छु र आजैबाट निःशुल्क उपचारको लागि पहल गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।’
सो भोटमा उनले उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी हुन् नदिन ध्यानाकर्षण समेत गराएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















