काभ्रेको तेमाल गाउँपालिकामा नसर्ने रोग सम्बन्धि निःशुल्क स्वास्थ्य तथा ल्याप परिक्षण शिविर गाउँपालिका अध्यक्ष चन्द्र लामाद्वारा एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । गाउँपालिकाको सबै वडामा सञ्चालन हुने सो शिविरको वडा नं. ५, नारायणस्थानमा उद्घाटन गरेका हुन् ।
शिविरको उद्घाटन गर्दै अध्यक्ष लामाले जनताको स्वास्थ्य प्रति गाउँपालिका गम्भिर रहेको बताउँदै शिविर फलदायी हुनेमा विश्वास व्यक्त गरे । ‘तेमालबासी जनताको स्वास्थ्य प्रति हामी गम्भिर छौं । त्यसैले प्रत्येक वडामा २÷२ दिन यो शिविरको आयोजना गरेका हौं ।’ लामाले भने, ‘यो शिविर जनताको लागि फलदायी हुने र आगामी आर्थिक वर्षमा स्वास्थ्य सम्बन्धी योजना बनाउन मार्गदर्शन हुने समेत मैले विश्वास लिएको छु ।’
यसैबीच उद्घाट कार्यक्रममा गाउँपालिका उपाध्यक्ष डिएम लामाले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले आजसम्मकै सबैभन्दा ठूलो र व्यवस्थित शिविर सञ्चालन गर्न लागेको बताउँदै शिविरबाट तेमालबासीहरुको स्वास्थ्य अवस्था थाहा हुने बताए । उपाध्यक्ष लामाले संविधानमै स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा उल्लेख गरेको बताउँदै सबै तहको सरकारले संविधानमा भएको व्यवस्थालाई ब्यबहारमा लागु गर्नुपर्ने बताए । जनताको माग र आवश्यकता अनुसार आगामी दिनहरुमा समेत विशिष्ट खालको स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने उनले जानकारी दिए ।
कार्यक्रममा प्रमुख प्रशाशकीय अधिकृत केदार ढकाल, वडा नं. ७ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता इन्द्र तामाङ, वडा नं. ५ का वडा अध्यक्ष हजारसिं तामाङ, स्वास्थ्यकर्मीहरुको सहभागी थियो ।
शिविरको पहिलो दिन सो वडाका स्थानीय जनताको उत्साहजनक सहभागी रहेको थियो । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकका अनुसार शिविरमा सुगर जाँच, मृगौला सम्बन्धि रगत जाँच, मुटु सबन्धि रगत जाँच, यूरिक एसिड जाँच, पिसाव जाँच, इसिजी सेवा प्रदान गरिने छ । शिविर गाउँपालिकाको सबै वडामा सञ्चालन हुने उनले बताएका छन् ।
विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने शिविरमा सेवा लिन आउँदा अनिवार्य उमेर खुल्ने प्रमाण पत्र सँगै ल्याउन समे गाउँपालिकाले अनुरोध गरेको छ ।
यस्तो छ शिविर सञ्चालन तालिकाः
वडा नं. १ मा पौष १४ र १५ गते सामुदायिक स्वास्थ्य ईकाई सस्र्युँखर्क ।
वडा नं. २ मा पौष १२ र १३ गते वडा कार्यालय भवन, चुखा
वडा नं. ३ मा पौष १० र ११ गते वडा कार्यालय भवन ।
वडा नं. ४ मा पौष ८ र ९ गते वडा कार्यालय भवन फेदिचे ।
वडा नं. ५ मा मंसिर २७ र २८ गते पोखरी नारायणस्थान स्वास्थ्य चौकी ।
वडा नं. ६ मा पौष ६ र ७ गते ठूलोपर्सेल स्वास्थ्य चौकी ।
वडा नं. ७ मा मंसिर २९ र पौष १ गते चापाखोरी स्वास्थ्य चौकी ।
वडा नं. ८ मा पौष २ र ३ गते वडा कार्यालय भवन ।
वडा नं. ९ मा पौष ४ र ५ गते वडा कार्यालय भवन मैनाजाङ
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















