काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० मा १६ जनालाई रेविज विरुद्धको खोप लगाइएको छ । विहिवार र शुक्रबार गरेर १६ जनालाई रेविज विरुद्धको खोप लगाइएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेले जानकारी दिए ।

झण्डै एक महिना अघि मरेर गाडेको कुकुरमा रेविज पुष्टि भएपछि उक्त कुकुरको प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिलाई रेविज विरुद्धको खोप लगाइएको घिमिरेले बताए ।
साउन देखि यता वडा नम्बर १० को विभिन्न बस्तीमा झण्डै २२ वटा गाई भकाभक मरेपछि रेविजको

शंका लागेर अनुसन्धानकर्ताले गाडेको कुकुर उत्खनन गरेर रेविज परीक्षण गरेका थिए । मरेका गाईमा भने रेविज पुष्टि भएको छैन् ।

रेविज प्रभावित क्षेत्रमा नगरपालिकाको पशुपंक्षी शाखाले आजै केही सामुदायिक कुकुरलाई समेत रेविज विरुद्धको खोप लगाएको छ । रेविज प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोलीले सचेतनामुलक कार्यक्रम पनि गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।