काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नं. ४ स्थित भूमिचुली–तीनखुट्टे सडक खण्डको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाद्वारा निरिक्षण गरेका छन् । अध्यक्ष जिम्बाले निर्माणाधिन सो सडकको शुक्रबार निरिक्षण गरेका हुन् ।
सो सडक खण्ड पिच गर्नका लागि अध्यक्ष जिम्बाको पहलमा नेपाल सरकारले १२ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको थियो । निर्माण पक्षले सो सडकको काम धमाधम गरिरहेको अध्यक्ष जिम्बाले जनाएका छन् । उनले समयसिमा भित्रै निर्माण कार्य सम्पन्न गर्न अनुरोध गरेका छन् । ‘जसरी हुन्छ, यो काम समयमै सम्पन्न हुनुपर्छ भनेर मैले दवाव दिइरहेको छु ।’ उनले भने, ‘यो सडक निर्माण कार्य सम्पन्न भएपछि जनतालाई यातायातमा सहज हुनेछ । जनताको समस्यालाई मध्यनजर गरि काम गर्न अनुरोध गर्दछु ।’
सो सडक निर्माण कार्य असार मसन्तसम्ममा सम्पन्न हुने निर्माण कम्पनीका सब–इन्जीनियर दिपेश आचार्यले बताए । सो सडकबाट वडा नं. ५ को किल्ला हुँदै गाउँपालिकाको कार्यालय पुगिन्छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















