नेकपा (माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुर्यमान दोङ (लालध्वज)ले शिक्षामाथि हुने विभेद नहटेसम्म गुणस्तरीय शिक्षा सम्भव नभएको बताएका छन् । शानिबार काभ्रेको नमोबुद्ध नगरपालिका–७ स्थित रहेको जनहित माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

संसद दोङले सबैलाई समान शिक्षा हुनुपर्ने भएपनि आर्थिक पहुँचको आधारमा हुने गरेको बताए । ‘शिक्षा समान हुन सकेको छैन, आर्थिक पहुँचको आधारमा शिक्षाको किनबेच जस्तो भयो ।’ दोङले भने, ‘शिक्षाको विभेद नहटेसम्म गुणस्तरीय शिक्षा सम्भव छैन ।’

कार्यक्रममा संसद दोङले विद्यालयको प्रगति र उन्नतिको निम्ति आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै विद्यालयको भवन निर्माण लगायत काममा साथसाथै रहने उनको भनाइ थियो ।

नेता दोङले निर्वाचन गठबन्धनबाट लडेपनि चुनाव जितिसकेपछि सबैको साझा उम्मेदवार भएकोले कसैले दलगत रूपमा संकोच लिनु नपर्ने बताए ।

उनले विद्यार्थीरुले बनाएर प्रदर्शनीमा राखिएको डोको, जाँतो लगायतका सामाग्रीको अवलोकन समेत गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।