भक्तपुर । पाठेघरको क्यान्सरबाट पिडित २१ बर्षिय सविना तामाङको उपचारमा सहयोगार्थ भक्तपुरमा सांगितिक कार्यक्रम गरिने भएको छ । जेष्ठ २६ गते शनिवार भक्तपुरको शुभकामना पार्टी प्यालेमा सविना बचाउ अभियान अन्र्तगत सांगितिक कार्यक्रम गर्न लागिएको हो ।

काभ्रे तिमाल गाउँपालिका वडा नम्वर ९की सविनालाई क्यान्सर रोगको उपचार गर्न सहयोगार्थ उक्त कार्यक्रम गर्न लागिएको आयोजकले जनाएका छन् । निम्न वर्गिय परिवारमा जन्मेकी उनलाई सानो उमेरमा नै पाठेघरको क्यान्सर लागेको र उनको थापाथाली अस्पतालमा उपचार गराई रहेको छ । आफ्नो आर्थिक अवस्थाले उनको उपचार धान्न नसकेको उनका पती हावा दोङ बताउँछन् ।

२४ बर्षिय दोङ आफ्नी श्रीमती सविना बचाउन हाल दिन रात दुःख गरि रहेको सुनाउँछन् । क्यान्सरका कारण पिडामा रहेकी आफ्नी श्रीमतीलाई बचाउन उनले सवै समक्ष आग्रह समेत गरेका छन् ।

तामाङ सांगितिक दुनियाँमा ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने उक्त कार्यक्रममा विभिन्न क्षेत्रका कलाकारहरुको पनि उपस्थिती रहने छ ।

Comments

comments