श्री आदरणीय सभापति ज्यु,
नेपाली कांग्रेस जिल्ला कार्यसमित परिवार, काभ्रे
महोदय
सभापति ज्यु, आज यसै सामाजिक सन्जाल मार्फत यो खुल्ला पत्र राखेको छु । मनमा यी प्रश्नहरु खेलि रहे गरिराखे सम्बन्धित ठाउँमा पुर्याउन चाहन्छु । मेरो नेपाली कांग्रेससँग भावनात्मक सम्बन्ध छ । म जन्मजात कांग्रेस भएर जन्मिन पाउनु गर्वको कुरा हो । देशमा कोइराला र त्यो क्षेत्रमा हाम्रो पारिवारिक पृष्ठभूमि त्यस्तै अवस्थामा हुर्केर होला कुनै अर्को पार्टी कहिले पनि नजिक हुन सकिन यथार्थ ।
जब दशबर्षे सशस्त्र द्वन्द्वबाट माओवादी शान्ति प्रक्रिया प्रवेश गरे । त्यो संगै तत्कालीन समय वाइसिएल नामको भातृ संगठन आक्रामक तरिकाले प्रस्तुति भइ आराजक हँुदै थियो । बिषेश गरेर कांग्रेसजनहरु निशानामा पर्ने गर्थे । लाग्छ त्यहि आसपासको समय तिर एउटा आशा, हिम्मत बढेर आयो किन कि अब तिर्थ लामा नेपाली कांग्रेसमा प्रवेश गर्दैछ । त्यो समय एउटा छुट्टै ब्रान्ड स्थापित हुदै थियो नामै काफी थियो । २०६४ भकुन्डेमा रामचन्द्र पौडेल अतिथि हुनु हुन्थ्यो हल्का याद छ । एक आशा लाग्दो जुझारु नवयुवा नेतृत्व हुन खोज्दै गर्दा हामी त्यो समय तपाईं अगाडि पछाडि उभिन तयार भयौँ ।
१२ औं महाधिवेशनमा क्षेत्रीय सभापति हुनु भयो । संगठन तिब्रगतिमा निर्माण गर्नु भएकै हो । त्यहि समय भातृसंगठन २०७० बैसाख १७ गते तरुण दल भिमखोरीको सभापतिमा म चयन भए । शंख बुद्ध लामा, तपाईं लागएत सिबि लामा, गुमान सिं लामा, दिनेश लामा साक्षी छ रामरिम डाँडा स्कुल नजिक कार्यक्रममा ।
दोश्रो संबिधान सभाको निर्वाचन घोषणा पछि टिकट कस्ले ल्याउछ भन्ने कौतुहल थियो । एक दिन हालको धुलिखेल छाप्रो होटल टहरो नै थियो । खाना खाने समय संयोग संगै हुन पुग्यो । भिमखोरीबाट कति प्रतिशत भोट आउँछ भाइ हामीलाई भन्ने समय नै अनुमान गरे अबको उम्मेदवार तपाईं तयारी हुँदैछ । यता ठुलो बुबा शंखबुद्ध लामा पनि टिकटको दावेदार हुनुहुन्थ्यो । टिकट तपाईंको भयो यता आफ्नै गाउँमा धेरै युवा साथिहरु बुढालाइ पटक पटक अन्याय गर्यो भन्दै तितरबितर हुन थाल्यो किन कि २०६४ मा पनि मधु आचार्य दाइ आएर सो क्षेत्र रोज्नु त्यसरी नै आउनु भएको थियो । त्यो समय म एक जना थिए त्यो बजार गाउँमा सानो भतिजलाई बाइकमा राख्दै पम्लेट प्रचार प्रसारमा हिडेको देख्नेहरु आजसम्म पनि त्यो कुरा गर्ने गर्छन । बिस्तारै सबै युवाहरुलाई एकै ठाउँमा ल्याउन सफल भए पछि ढुङ्गा माटो सबै कांग्रेस भयो । तपाईं निर्वाचित माननीय हुँदै संबिधान बनाउन संबिधानसभा सदस्यको हैसियतले संसद भवन छिर्नु सफल हुनुभयो । क्षेत्र नं एक कम्युनिष्ट गढ तोड्ने किर्तिमान पनि बनाउनु भयो । हामीले धेरै ठुलो खुशी मनायौं ।
१३ औं महाधिवेशन माननीय हुदै गर्दा हाम्रो क्षेत्रमा टिम गुट प्रष्ट रुपमा देखियो जब तपाईंको तिर्थ लामा टिम भनेर ब्यानर लाउने शक्तिशाली धार स्थापना भयो । एकलौटी गर्न सफल देखियो दोश्रो कार्यकालको सभापति सहित तर जिल्लामा तत्कालीन सस्थापक शिव र मधु टिम ७० प्रतिशत बहुमतमा देखिन्थ्यो त्यो पनि केन्द्र पुग्दा समिकरण छुटियो । यहिबाट फरक धार गुटबाट हेर्ने नजर फेरि बक्सियो । तरुण दलको अधिवेशन आयो । त्यो दुःखको समयको खटिएको साथि कोहि होस या नभए आफु पनि दावी स्वाभाविक थिए तर तपाईं आन्तरिक ब्यबस्थापनमा लाग्नु भयो । एक तरिकाले टर्यो । भित्र भित्र असन्तुष्टी बढ्यो तर संगठन कोमामा पुग्यो ताकि २०७४ स्थानिय संघ र प्रदेशको निर्वाचनमा प्रयोग गर्न सक्नु भएन । त्यो तरुण युवा परिचालन गर्न सकेको भए नतिजा हाम्रै पोल्टामा हुन्थ्यो त्यो कारण पनि भयो कि मनमा लागिराख्छ । तपाईं थोरै मतले पराजित हुन गयो । अन्य क्षेत्रमा तरुण खालि नै रहेको पाँए ।
पहिलो स्थानिय निर्वाचन २०७४ तरुण दल सभापतिबाट टिकट लिने एक्लो भित्रमा पर्छु होला । सायद कम उमेर समुहको तपाईं सभापति हुँदा धेरै अग्रज नेता ज्युहरु पनि हात छ त्यो दिलाउनुमा । म सानदार जितेर आए र कार्यकालमा नमुना उत्कृष्ट नजिता निकाल्ने प्रयत्न गरे । वडा अध्यक्षको रुपमा गरेको प्रस्तुति, काम कारबाही, हस्तक्षेपकारी भुमिका, रचनात्मक, सहयोग गर्दै आजको रोशि गापा निर्माणको जग राख्ने सौभाग्य मिल्यो यहाँ मुल्याकन गर्ने कुनै बिधि छ भने गर्नुहोस । टिकट पाएर जितेर आउने भित्रको कुनै भन्दा कम महसुस गरे देखिए म आजिवन राजनीति गर्दिन त्यो मेरो दावी हो र आज पनि कोहि औला उठाएर प्रश्नचिह्न गर्ने ठाउँ राखेको छु जस्तो लाग्दैन । जहाँ उभिएर जवाफ दिन तयार छु । हामी सामाजिक सन्जालमा कुनै योजना कार्यक्रम बिषयमा पोष्ट गर्दा तपाईंको बाट एउटा तारिफ र प्रतिक्रिया देखिन । अरुकोमा हुन्थ्यो तर हाम्रोमा कहिले हुन्नथ्यो । निराश लाग्थ्यो । के मैले गरेको चाहि गलत थियो र ? गापाको प्रवक्ता जसरी तरिकाले प्रस्तुति पोष्ट गर्थे म तर त्यो भुमिकामा भने कसरी राख्नु भयो अब त्यो कुनै अर्थ छैन ।
१४ औं महाधिवेशन रोशिका ५ जना निर्वाचित वडा अध्यक्ष हरुमा को के भुमिका बस्ने सल्लाह हुन्छ लागेको थियो त्यो हुन सकिन । तपाईं आधिकारिक उम्मेदवार बिरुद्ध उभिन बाध्य भए । म मलाइ कुनै अफसोच छैन । तपाईं सानदार सित जिल्ला सभापति हुनु भयो । हामी युवा ब्यक्ति पाएको र फ्रेस अब पुस्तान्तरण भयो लाग्यो । तर जिल्लाबाट दुई निर्वाचित केन्द्रीय, सदस्य ज्यु, जिल्ला नेतृत्व बिच निषेधको राजनीति भएको हो कि सहज अनुमान लगाउन सकिन्थ्यो । चिन्ता त्यहाँ देखि नै भयो यो कहाँ सम्म पुग्ने हो । नाताबाद कृपाबाद नेताहरुमा खुब लाग्ने गर्दछ । तपाईं कसरी अछुतो हुन सक्छ र ? म तपाईं हाम्रो नातागत सम्बन्ध नजिकबाट परिचित मान्छे हुँ कतिको सत्य हो छ । त्यो नाम लिस्ट निकै लामो हुनसक्छ । त्यो भित्र खटिने, योग्यता भएका क्षमावान् पनि छ । एउटै तुलोमा राख्न मिल्दैन पनि अन्याय हुन्छ ।
२०७९ संघ र प्रदेश निर्वाचन घोषणा भयो फेरी टिकट कुरा आयो गठबन्धन हुने भयो नेका हामीले संघ पाउछ रे, प्रतिक्षा गरँे । नत्र प्रदेश (क) को कुरा आयो अन्तिम (ख) बाट रोज्नु भयो । ३ मतले मात्र बिजय हुनु भयो । कहिले पनि नजितेको त्यो क्षेत्र पनि तपाईं गएर खाता खोल्नु भयो । तर केहि दिन पछि अन्तर्घातको नाम तयारी गर्दै कारबाही सिफारिस गर्ने निर्णय सार्वजनिक भयो । दशकौ देखि जिल्ला सभापति ज्युहरुले एकले अर्कालाई पालै पालो कारबाही गर्ने तपाईंले पनि निरन्तरता नै दिनु भयो । पुस्तानतरण त भयो रुपान्तरण खोजेको हुँ । उहीं समस्याले गाँजिनु दुःखत हो काभ्रे कांग्रेको लागि । यदि कसैले मलाइ (सिंह र मृग) को पिडित कस्को समर्थन सोधे म मृग पक्षमा हुन्छु । उस्ले पनि बाँच्न पाउनु पर्छ मेरो तर्क हो । तर भिडबाट साथीहरु सिंह किन भोकै बस्ने ? मर्नु उस्को नियति हो त्यो मृग मार्न पाउनु पर्छ भन्ने सख्या धेरै देखियो दावी यो गछ्नर्् कि यो जंगलको शेरको हो अधिकार उसैलाइ छ भन्छन परिस्थिति त्यतै थियो हुन पुग्यो। दुर्भाग्य ।
एक पात्र २०७४ मधु आचार्य उठ्नु भनेको शंखबुद्ध लामा सम्झिनु, २०७० तिर्थ लामा उठ्नु भनेको शंखबुद्ध लामा उठ्नु हो, २०७९ स्थानिय तह दिनेश लामा उठेको नै म उठेको हो सम्झिनु, भिमखोरीमा कार्यक्रममा यो सबै मेरै अगाडि सुनेको भनेको कुराहरु हुन् । प्रदेश १ (ख) पनि निकै खटिएको देखियो । अझै कति उम्मेदवार जिताउन बाँकी उहाँले प्रश्न मेरो ।
अन्त्य मा अन्य जिल्लालाइ नेपाली कांग्रेस काभ्रे एक छ । म एक ढिक्का राख्छु मेरो कार्यकालमा भन्ने सन्देश पठाउन पाएको भए हाम्रो लागि त्यो भन्दा खुसिको कुरा के हुन्थ्यो र ? आउने पुस्ताको लागि हाम्रो भबिष्यसँग पनि जोडिएको छ । गठबन्धन सहयोग साथ सधै नहोला भोलि भबिष्यमा कोसँग साथ हुने हो थाहा छैन । राजनीतिमा स्थायी शत्रु, स्थायी मित्र हुन्न भन्छ्न् । राजनीतिमा प्रवेशको १५ बर्ष आसपास मै जिल्ला सभापति सम्मको यात्रा सहज तरिका पाउने भाग्यमानी राजनीतिक कर्म कै लागि जन्मिएको हुनुहुन्छ । एउटा जनजाति तामाङको छोरो नेपालको राजनीतिक उपल्लो तह देखिको संरचनाले कांग्रेस जस्तो पार्टीमा यहि चाँडै सफलता पाउनु निकै दुर्लभ कुरा हो ।आज शान्त नेता किशुन जिको जन्मदिन अवसर पारेर यति लेख्न कोशिश गरे प्रदेश माननीय एक मन्त्रालय सम्हाल्ने अवसर मिलोस र सभापति बाँकी कार्यकालको सुखद सफल रहोस शुभकामना ।
जय नेपाल
मिलन लामा
नेपाली कांग्रेस भिमखोरी
२०७९ पुस ८
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















