“वर थेन पिपल” बोलको गीत सार्वजनिक(भिडियो सहित)

काठमाडौ । तामाङ गीत सांगीतिक क्षेत्रमा फेरि अर्को पृथक तामाङ प्रेमगीत “वर थेन पिपल”गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

समाजसेवी तथा युवा नेता युद्ध विक्रम तामाङको प्रमुख आतिथ्यमा बाैद्व स्थित गाउँले ढिडोमा एक विशेष पत्रकार सम्मेलन गरि उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो।

शब्द, संगीत गायक तथा संगीतकार सानुबाबु घिसिङको हो भने गीतमा चर्चित गायक सुरेश लामा र चर्चित गायिका जितु लोप्चन सुमधुर आवाज रहेका छन् ।

तामाङ चलचित्रकी चर्चित नायिका सुस्म मोक्तान, मोडल पर्वत तामाङले बिशेष भुमिका निर्वाह गरेका छन् ।भने प्रमिला तामाङ ब्लोनले पनि भिडियोमा साथ दिएकी छिन् ।

उक्त म्युजिक भिडियोलाई कृष्ण ब्लोनले निर्देशन, कलर इडिट गरेकोे हो भने छायांकन र ड्रोन क्याप्टेन बज्र ङ्यसुरको रहेको छ।

अडियो गीतको एरेञ्ज आगा लामा ,मिक्सिङ सानुबाबु घिसिङले गरिएको हो।

विशेष अतिथि तामाङ समुदायको महानायक अमिर दोङ,चर्चित अतिथि , तामाङ कलाकार संघको कोषाध्यक्ष खेम मोक्तान,गायिका जितु लोप्चन, चर्चित नायिका सुस्म मोक्तान ,गायक तथा संगीतकार सानुबाबु घिसिङ, निर्देशक कृष्ण ब्लोन,मोडल मिलन थिङ “पाराङ”गायक सन्तोष गोले,गायक प्रयास तामाङ लगायतका अतिथिहरुको उपस्थिति रहेका थिए।

मोडल पर्वत तामाङको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रम पत्रकार छेडुप लामाले सञ्चालन गरेको गरेको थियोे ।

भिडियो हेर्नुस्