काभ्रे । काभ्रेको अति विकट डाडाँपारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिका केन्द्रिय प्रसारण लाइन जोडिएको छ ।
नेपाल विद्युत प्राधिकरण अन्तर्गत ग्रिड सोलार एण्ड ईनर्जि ईफिसियन्सी आयोजनाबाट महाभारत गाउँपालिकाको वडा नम्बर १ देखि ८ सम्मका गोकुले, घर्तिछाप, फोक्सिनटार, बनखु तथा बुढाखानी क्षेत्रमा भईरहेको केन्द्रीय विद्युतिकरणको काम सकिएको हो ।
विद्युतीकरणको काम सकिएपछि भोलि पुस १० गते परीक्षण गरिने भएको छ । १० गते बिहानबाट जुनसुकै समयमा पनि विद्युतिय संरचनामा ११ के।मि। ४०० भोल्ट लाईन प्रवाह हुने विद्युत प्राधिकरणको भकुण्डे नोलाईट शाखाले जनाएको छ ।
परीक्षण अवधिमा विद्युतका पोल, स्टे र तारमा नछुनुहुन तथा विद्युत ट्रान्सफर्मर नजिक नजाने, पोल र स्टे सेटमा घरपालुवा पशुपंक्षी नबाँध्न नोलाईट शाखाले आग्रह गरेको छ ।
त्यसैगरी लाईन परीक्षणको क्रममा कहिँ कतै आगो बलेको जस्तो देखिने गरि प्रकाश (स्पार्क ) आएमा तथा धुँवा देखिएमा नेपाल बिद्युत प्राधिकरणको भकुण्डे नोलाईट शाखाको सम्पर्क नम्बर ९८६०८१२८१५ र ०११४०४१११ फोन गर्न अनुरोध गरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।















