काभ्रेको तेमाल गाउँपालिका वडा नं. ९ मा रहेको श्री छारह्युल कृषि सहकारीको अध्यक्षमा सूर्यबहादुर तामाङ निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न संस्थाको १२ औं साधारण सभा तथा चौथो अधिवेशनले तामाङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा सरु घिसिङ दोङ, सचिवमा ङेमा दोर्जे थोकर, कोषाध्यक्षमा टेकबहादुर दोङ, सदस्यहरुमा जगतलाल तामाङ, हस्तबहादुर तामाङ, बलिमान थोकर, कुमारी तामाङ, कुमार तामाङ, रहेका छन् । त्यसैगरि लेखा सुपरिवेक्षण समितिको संयोजक शक्तिमान तामाङ र सदस्यमा तेर्साङ थोकर निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन पूर्व उर्जा राज्यमन्त्री तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सांसद सूर्यमान दोङ (लालध्वज)ले उद्घाटन गरेका थिए । कार्यक्रममा तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकर, सल्लाहकार तथा संस्थापक अध्यक्ष ग्याम्जो लामा, सल्लाहकार रंगबीर तामाङ, वडा अध्यक्ष चन्द्रबहादुर लामा लगायतका सहभागी थियो ।
कार्यक्रममा अध्यक्ष सुरेश कुमार लामाले संस्थाको प्रतिवेदन, लेखा सुपरिबेक्षण समितिका संयोजक जगतलाल तामाङले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















