काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र लामा र उपाध्यक्ष दलमान थोकर सडक डिभिजन कार्यालय, भक्तपुरमा पुगेर आफ्नो गाउँपालिकामा सञ्चालित आयोजनाहरुकोबारेमा चासो लिएका छन् । मंगलबार अध्यक्ष लामा र उपाध्यक्ष थोकरले डिभिजन प्रमुख मेघराज मरासिनीसँग आयोजना ढिलाई किन भयो भनी चासो व्यक्त गरेका हुन् ।

उनीहरुले मुख्यतः भकुण्डे, मेच्छे मुक्पाटार तित्रेटार माम्दी सडक निर्माणमा ढिलाई भएकोमा चिन्ता व्यक्त गरेका थिए । ’सडकको समस्याको कारण जनागुनासो धेरै आएको छ । किन यसरी ढिलाई भयो ?‘ अध्यक्ष लामाले कार्यालय प्रमुख मरासिनीसँग कुरा राख्दै लामाले भने, ‘गाउँपालिकाले गर्नुपर्ने कार्यमा कुनै कसुर राख्दिन । सडक निर्माण छिटोभन्दा छिटो सुचारु गरौं ।’

जवाफमा मरासिनीले निर्माण कम्पनीलाई काम सूचारु गर्न पत्र समेत काटेको बताए ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला