काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नं. ७, उध्याउनेमा यात्रुबहक बस दुर्घट्नामा परेको छ । इलाका प्रहरी कार्यालय देवीटारका प्रमुख प्रहरी निरिक्षक अर्जुनध्वज अधिकारीका अनुसार दुर्घट्नामा ८ जना घाइते भएका छन् ।

बा ४ ख १९९६ नम्बरको बस दुर्घट्नामा घाइते भएका विरामीहरुका बनखु स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई इलाका प्रहरी कार्यालय देवीटारको गाडीले उद्धार गरिएको थियो । प्रहरीका अनुसार गाडीको ब्रेक फेल भएपछि दुर्घट्ना भएको थियो ।

यसैबीच महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले दुर्घट्ना प्रति दुःख ब्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । दुर्घट्ना हुने वित्तिकै अध्यक्ष जिम्बाले दुर्घट्नाकोबारेमा बुझेका थिए ।

यी हुन् दुर्घट्नामा घाइते भएकाहरु

१ विमला माझी खानिखोला–४
२ बिन्दा आले मगर महाभारत–८ (वर्ष ३०)
३ रोहन पुलामि महाभारत–६ (वर्ष १२)
४ डम्बर ब राना मरिण–१ (वर्ष ६५)
५ पन्चमाया माझि महाभारत–६ (वर्ष ४०)
६ सनी माया थिङ महाभारत–६ (वर्ष ५२)
७ चक्र कुवर महाभारत–६ (वर्ष ४२)
८ नेत्र कुमारी राना सिन्धुली

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।