काभ्रेको रोशी गाउँपालिका वडा नं. ९, स्थित सल्यानी स्थित एक घरमा आगलागी भएको छ । बुधबार विहान सेते तामाङको घरमा आगलागी भएको हो ।
आगलागीबाट तामाङको घर पूर्णरुपमा नष्ट भएको जनाएको छ । आगलागी भएको खबर पाउन साथ गाउँपालिका अध्यक्ष दिनेश लामा र उपाध्यक्ष मिमबहादुर वाइबा (ज्वाला) घट्नास्थलमा पुगेका थिए । अध्यक्ष लामा र उपाध्यक्ष वाइबाले तत्कालका लागि आगलागी पिडितलाई खाद्यान्न र त्रिपाल हस्तान्तरण गरेका थिए ।
पिडित तामाङ गाउँपालिकाले आवश्यक राहत समेत दिने चाँडै उपलब्ध गराउने जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















