डिलबहादुर थाेकर/काभ्रेको तेमाल गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाउने भएको छ । स्थानीय तहको दोस्रो निर्वाचन पछि निर्वाचित गाउँपालिका अध्यक्ष चन्द्र लामा र उपाध्यक्ष दलमान थोकरले स्थानीय पाठ्यक्रम बनाउने योजना बनाएपछि स्थानीय पाठ्यक्रम बन्ने भएको हो ।

सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि ८ सम्मको लागि स्थानीय पाठ्यक्रम बनाउन लागेको प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकालले जानाकारी दिएका छन् । यसको लागि आगामी मंसिर १८ गतेका दिन सरोकारवालाहरुसँग गोष्ठि समेत आयोजना गर्ने ढकालले बताए ।

गोष्ठिमा गाउँपालिका भित्रका बुद्धिजीवि, शिक्षाप्रेमी, शिक्षाविद्, पाठ्यक्रमविद्, गाउँकार्यपालिका सदस्यहरु, विद्यालयका प्रधानाध्यापकहरु, विव्यस अध्यक्षहरु, विद्यार्थीहरु लगायतलाई सहभागीको लागि गाउँपालिको अनुरोध गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।