काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाको आयोजनामा सडक नाटक हुने भएको छ । आइतबारदेखि गाउँपालिका भित्रका सामुदायिक माध्यमिक विद्यालयहरुमा सडक नाटक देखाउन लागेका हो ।
गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले बालविवाहलाई न्यूनीकरण गर्ने उद्देश्यसहित सो सम्बन्धि चेतनामूलक नाटक पालिकाभित्र रहेका माविहरुमा प्रस्तुत गर्न लागेको जानकारी दिए । उनका अनुसार आदिइत्यादी नामक संस्थाका कलाकारहरुले विद्यालयहरुमा पुगेर नाटक देखाउने छन् ।
गाउँपालिकाले नाटक प्रस्तुत हुने विद्यालयको नामसँगै समय र मिति सहितको सूचना प्रकाशित गरिएको छ । जसमा २०७९ पुस १७ गते विहान धार्ने ज्योति माविमा र सोही दिन दिउँसो ३ बजे बालविकास मावि फलामेटारमा नाटक प्रस्तुत हुनेछ ।
त्यस्तै १८ गते शारदा मावि देउराली र जनहित मावि महाँकालमा क्रमशः ११ र ३ बजे नाटक देखाइने छ भने १९ गते बुद्ध मावि धाप्लेमा विहान ११ बजे प्रस्तुत हुनेछ ।
त्यसपछि २० गते कुमारी मावि जगथली र भृकुटी मावि सौरे हुँदै २१ गते जनविकास मावि ताल्ढुङ्गमा समापन हुने गाउँपालिकाले जनाइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















