काठमाडौ। युवा गायक प्रकाश लामाको‘अल्लारे सोझो म्ही’गीतमा तामाङ चलचित्र संघको अध्यक्ष ,चर्चित नायक कुमार मोक्तान र मोड्लिङ क्षेत्रमा जम्दै गरिकी रोहनी लामाको रोमाञ्चक डान्स रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

लर्ड बुद्ध इन्टरनेशनल कन्सट्रक्सनको प्रस्तुतिमा निर्माण गरिएको गीतलाई ओ.एस.आर.डिजिटल मार्फत  ‘अल्लारे सोझो म्ही’ शुक्रबार बजारमा ल्याएको हो

तामाङ चलचित्र संघका अध्यक्ष समेत रहेको नायक कुमार मोक्तान यो गीतको भिडियोमा भने फरक रुपमा प्रस्तुत भएको देखिन्छ ।

अजय स्याङ्तान्को निर्देशनमा बनेको उक्त भिडियोमा कोरियोग्राफर भने नरेन मोक्तान रहेको छ ।  भिडियोको मुख्य भूमिकामा नायक कुमार मोक्तान र रोहनी लामा रहेको छ ।

गीतमा आवाज भने प्रकाश लामा र बिना घलेको रहेको छ ।प्रतिक मोक्तानको शब्दमा जोगलाल लामाको संगीत रहेको छ ।

गायकद्वय प्रकाश लामाको आवाजमा यस अघि सार्वजनिक गरिएको तामाङ प्रेम गीत ‘सुटुक्क’ सेलो दोहोरी ‘चम चम २ ‘ लगायतका गीतहरु दर्शकले रुचाएका गीत हुन भने लामाले तामाङ र्याप गीतमा समेत मेलोडी गाएका छन् ।
भिडियो हेर्नुस् ।

Comments

comments