नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघ, तेमाल गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले ज्ञान्जामान तामाङको अध्यक्षतामा २७ सदस्यीय गाउँपालिका कार्य समिति चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा गणेशमान तामाङ, महिला उपाध्यक्षमा विष्णुमाया तामाङ, सचिवमा रमेश प्रसाद त्रिपाठी, अर्थसचिव इन्द्रजित तामाङ, समावेशी सह–सचिव गोपालमान तामाङ, चित्र व वाइबा, सह–सचिवमा (महिला) सुजिमा तामाङ, सह–सचिवमा (अर्थ महिला) अनिता तामाङ निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरि सदस्यहरुमा निर्मला मैनाली, नविन कमार लामा, ग्याल्छन लामा, उर्मिला कार्की, शंखलाल तामाङ, प्रेम कुमार तामाङ, जगतमान तामाङ, भिमलाल लामा, पिताम्बर ढुगाना, बाबुलाल तामाङ, दिल कुमार मोक्तान, बुद्धिमान तामाङ, देबराज तिमिल्सेना, मानकाजि तामाङ, रुद्र प्रसाद त्रिपाठी, शर्मिला त्रिपाठि, मनिषा खरेल, रुविना तामाङ रहेका छन् ।
अधिवेशनलाई सम्बोधन गर्दै तेमाल गाउँपालिकाका अध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता चन्द्र लामाले शिक्षकहरु गुणस्तरीय शिक्षा प्रदान गर्न तत्पर रहनुपर्नेमा जोड दिएका छन् । ‘सामुदायिक विद्यालयको शिक्षा कमजोर भइरहेको बेला तपाईं शिक्षकहरुको भूमिका अब सामान्य भएर हुँदैन । बालकालिकाको शिक्षाको हक ग्यारेन्टी सरकारले गरेको बेला गम्भिर भएर लाग्न म अनुरोध गर्दछु ।’ अध्यक्ष लामाले भने, ‘भौतिक पूर्वाधारका हिसाबले तेमालमा सबै विद्यालयमा कमी छैन, अब विद्यालयको भौतिक पूर्वारधार तर्फ जोड दिन जरुरी छैन, तेमाल गाउँपालिका अब गुणस्तरीय शिक्षामा जोड दिँदै अघि बढ्ने छ । तपाईंहरुको सबै शक्ति अब गुणस्तरीय शिक्षामा लगाउन म विनम्र अनुरोध गर्दछु ।’
लामाले हालै शिक्षक सेवा आयोगबाट स्थायी रुपमा नियुक्ति भएका शिक्षकहरुका कारण अस्थायी तथा करार शिक्षकहरु विस्थापित हुनुर्ने बाध्यता रहेको बताउँदै त्य समस्याको लागि कम भन्दा कम शिक्षकहरु विस्थापित हुनबाट बचाउनका लागि पालिकाले खेल्नुपर्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गरे ।
यसैबीच कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली काँग्रेसका जिल्ला सचिव गुणराज मोक्तानले शिक्षण सिकार्यको क्रममा शिक्षकहरुले नयाँ तरिकाबाट खोज गर्दै शिक्षामा परिवर्तन ल्याउने पर्नेमा जोड दिंदै शिक्षकमा देखिएका कतिपय समस्याहरुलाई समाधान गर्नमा सबै क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
शिक्षक संघको निवर्तमान अध्यक्ष बाबुलाल तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्य समितिका अर्थ सचित भिमलाल लामाले आर्थिक प्रतिवेदन, सचिव रमेश त्रिपाठीले संगठनात्मक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
नवनिर्वाचित कार्य समितिलाई संघका जिल्ला सचिव दिकुमार मोक्तानले सपथ ग्रहण गराएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















