काभ्रे जिल्ला तेमाल गाउँपालिकाका अध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता चन्द्र लामाले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई निर्देशन दिएका छन् । शनिबार नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघ, तेमाल गाउँपालिकाको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लामाले यस्तो निर्देशन दिएका हुन् ।
अध्यक्ष लामाले विद्यालयमा भौतिक पूर्वाधारका हिसाबले कुनै समस्या नभएको बताउँदै अब गुणस्तरीय शिक्षामा जोड दिन सबैलाई अनुरोध समेत गरे । ‘सामुदायिक विद्यालयको शिक्षा कमजोर भइरहेको बेला तपाईं शिक्षकहरुको भूमिका अब सामान्य भएर हुँदैन । बालकालिकाको शिक्षाको हक ग्यारेन्टी सरकारले गरेको बेला गम्भिर भएर लाग्न म अनुरोध गर्दछु ।’ अध्यक्ष लामाले भने, ‘भौतिक पूर्वाधारका हिसाबले तेमालका कुनै पनि विद्यालयमा कमी छैन, अब विद्यालयको भौतिक पूर्वारधार तर्फ जोड दिन जरुरी छैन, तेमाल गाउँपालिका अब गुणस्तरीय शिक्षामा जोड दिँदै अघि बढ्ने छ । तपाईंहरुको सबै शक्ति अब गुणस्तरीय शिक्षामा लगाउन म विनम्र अनुरोध गर्दछु ।’
लामाले हालै शिक्षक सेवा आयोगबाट स्थायी रुपमा नियुक्ति भएका शिक्षकहरुका कारण अस्थायी तथा करार शिक्षकहरु विस्थापित हुनुर्ने बाध्यता रहेको बताउँदै त्य समस्याको लागि कम भन्दा कम शिक्षकहरु विस्थापित हुनबाट बचाउनका लागि पालिकाले खेल्नुपर्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















