काभ्रे जिल्लाको रोशी गाउँपालिकामा सञ्चालन गरेको आँखा शिविरबाट ६२ जना मोतियाविन्दुका विरामी फेला परेका छन् । पालिकाको वडा नं. १, २ र ३ मा सञ्चालन गरेको शिविरमा ती विरामीहरुको भेटिएको हो ।

पालिकाको स्वास्थ्य शाखा संयोजक गंगालाल श्रेष्ठका अनुसार ‘स्वस्थ आँखा, स्वच्छ संसार’ भन्ने मुल मन्त्रका साथ रोशी गाउँपालिकाको आयोजना र बनेपा स्थित रेयुकाई एइको मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा वडा नं. १, २ र ३ मा निःशुल्क आँखा शिविर सञ्चालन भएको थियो ।

अन्य वडाका लागि पनि छिट्टै शिविर सञ्चालन गर्ने स्वास्थ्य शाखा संयोजक श्रेष्ठ जानकारी दिए ।

उनका अनुसार शिविरमा २८८ जनाको आँखा परीक्षण गरिएको थियो । मोतियाविन्दुका ६२ जनालाई भोली रेयुकाई एइको मासुनागा आँखा अस्पताल बनेपा ल्याइने छ । १८ गते अप्ररेशन हुने र १९ गते पुनः रोशी गाउँपालिका फलामेसाँघु फर्काउने स्वास्थ्य शाखा संयोजक श्रेष्ठले जानकारी दिए ।

मोतियाविन्दुका अप्रेशन गर्नुपर्ने सबैलाई बनेपा ल्याउने र गाउँसम्म पुर्याउने यातायातको ब्यवस्था गाउँपालिकाले नै गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।