काभ्रेको नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले पालिका भित्र चाँडै शिक्षक दरबन्दी मिलन गरिने घोषणा गरेका छन् । काँग्रेस निकट नेपाल शिक्षक संघ नमोबुद्ध नगरको दोस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले यस्तो घोषणा गरेका हुन् ।
‘शिक्षा क्षेत्रको विकासको लागि नगरले विभिन्न योजना र काम अघि बढाएको छ । शिक्षामा गुणस्तर कायम गर्न शिक्षकहरुको महत्वपूर्ण योगदान रहेको छ, योजना र कार्यक्रम प्रस्ताव गर्न म अनुरोध गर्न चाहन्छु ।’ लामाले भने, ‘नगरपालिकाले शिक्षक, विद्यार्थीको तथ्यांक संकलन र अनुगमन गरिरहेको छ । अब छिट्टै दरबन्दी मिलान गरी शिक्षक–विद्यार्थी अनुपात मिलाइने छ ।’
शिक्षक संघको अध्यक्षमा पुनः अधिकारी
नेपाल शिक्षक संघ नमोबुद्धको अध्यक्षमा दिनेशप्रसाद अधिकारी पुनः सर्वसम्मत भएका छन् । दोस्रो नगर अधिवेशनले अधिकारीको नेतृत्वमा कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा विमल खनाल, उपाध्यक्ष (महिला)मा झलमाया श्रेष्ठ, सचिवमा रमेशप्रसाद न्यौपाने, सचिव (अर्थ)मा गणेश लामा, सहसचिव (साधारण)मा माधवप्रसाद हुमागाई, सहसचिव (महिला) मा शान्ता श्रेष्ठ र सहसचिव (समावेशी)मा प्राणगोपाल बैद्य छन् । सदस्यहरुमा मिनलाल तामाङ, दिपेन्द्रप्रसाद पौडेल, ध्रुव अधिकारी, चन्द्रबहादुर लामा, शोभित तामाङ, पूर्णबहादुर तामाङ, लमिन लामा, पदमबहादुर लामा छन् । निर्वाचन समितिका संयोजक पूर्णचन्द्र काफ्ले कार्यसमिति निर्विरोध भएको घोषणा गरेका थिए ।
कार्यक्रममा नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष राजेशराज महत, बाग्मती प्रदेश सदस्य किशोर अधिकारी, नेपाली कांग्रेस नमोबुद्धका सचिव रामेश्वर अधिकारी, महेन्द्र थिङ, कोषाध्यक्ष दुर्गा लामा, नमोबुद्ध नगर प्रवक्ता समेत रहेका वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, सामाजिक समिति संयोजक रहेको वडा नं ९ का अध्यक्ष विरबहादुर तामाङ, नेपाल शिक्षक महासंघ नमोबुद्धका अध्यक्ष पञ्चसिं लामा, नेपाल राष्ट्रिय शिक्षक संगठन नमोबुद्धका कमलराज चिमौरिया, अखिल नेपाल शिक्षक संगठन नमोबुद्धका सचिव ऋषिराम खनाल, नेपाल शिक्षक संघ नमोबुद्धका उपाध्यक्ष विमल खनालले शिक्षा क्षेत्रबारे चर्चा गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















