काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाको शिक्षामा अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)को ‘ईन्ट्री’सँगै क्रमभंगको दिशामा अघि बढेको छ । अध्यक्ष थिङले गाउँपालिका भित्रको सामुदायिक विद्यालयहरुमा शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रमहरु अगाडि बढाएसँगै क्रमभंगको दिशामा अघि बढेको हो ।
अध्यक्ष थिङले विद्यालयको भौतिक संरचनादेखि व्यावहारिक र गुणस्तरीयताका लागि निर्वाचित भएको ७ महिनामै विभिन्न कार्यक्रम अगाडि बढाएका छन् ।

वडा नम्बर ४ मा अवस्थित कुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक होम बहादुर वाईबाले शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिका अध्यक्षमा छिन्ताङ निर्वाचित भएसँगै सुधारका दीर्घकालीन कार्यक्रमहरु अगाडि बढाएको बताए ।

यही क्रममा खानीखोलामा शैक्षिक सुधारका लागि बालविकास केन्द्रलाई ब्यवस्थित रुपमा सन्चालन गर्न सहयोगी कार्यकर्ताहरुलाई सात दिने तालिम सञ्चालन भइसकेको छ ।

यही साता खानीखोलाका ८ वटा माध्यमिक तहका विद्यालयहरुमा जुनकीरी नामक बालविवाह र सामाजिक विकृद्धिविरुद्धको सडक नाटक समेत प्रदर्शन भएको छ । त्यस्तै गाउँपालिकाले आर्थिक रुपमा बिपन्न छात्र छात्रालाई उच्च शिक्षा वा प्राबिधिक शिक्षा अध्ययनका लागि पुर्ण छात्राबृतिको ब्यवस्था गरिएको प्रधानाध्यापक वाईबाले बताए ।

त्यसैगरी अहिले खानीखोलामा विद्यालय निरिक्षण र अनुगमनको शुरुवात भएको छ । त्यसैगरी अहिले तत्काल शैक्षिक गुणस्तर बढाउन माध्यमिक बिद्यालयहरुमा अनिवार्य कोचिङ कार्यक्रम समेत शुरु भउको छ भने माध्यमिक तहसम्मको शिक्षा निशुल्क गर्ने संघीय ऐन कार्यन्वयन स्वरुप कक्षा १२ सम्म निशुल्क गर्न कुमारी माविमा कक्षा ११ सञ्चालनको शुरुवात समेत भइसकेको छ ।

गाउँपालिकाले शिक्षक दरबन्दी मिलान तथा स्वयंसेवक शिक्षक नियुक्तिका लागि आवश्यक ऐन तथा कार्यविधी निर्माणसहित विशेष कार्यदल गठन समेत गरेको छ ।

त्यसैगरी गाउँपालिकाले अहिले प्रअहरुलाई बैठक भत्ताको ब्यवस्था गरेको छ भने शिक्षा समिति गठन तथा नियमित बैठक लगायतका कामहरु समेत अगाडि बढेको छ ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला