माओवादी केन्द्र निकट रहेको तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपाल तेमाल गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेला कमल तामाङको अध्यक्षतामा २३ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ ।

भेलाले उपाध्यक्षमा निस्तेज तामाङ, सचिवमा बिक्रम तामाङ, कोषाध्यक्षमा रितु योन्जन, सहसचिव निमादोर्जे तामाङलाई चयन गरेको छ भने सदस्यहरुमा जेबि लामा, चलन सिं तामाङ, गोपिलाल तामाङ, तेर्साङ थोकर, चन्द्रध्वज तामाङ, दावा लामा, ज्ञान बहादुर तामाङ लगायत रहेका छन् ।

भेलामा तेमाल गाउँपालिका उपाध्यक्ष तथा माओवादी केन्द्रका वागमती प्रदेश कमिटी सचिवालय सदस्य दलमान थोकर (डिएम), जिल्ला अध्यक्ष कुबेरसिं दोङले मन्तब्य राखेका थिए । कार्यक्रममा मोर्चाको जिल्ला सह–सचिव अरुन दोङ, जिल्ला सदस्य गीता लामा, नजरमान तामाङ, म्हार्साङ तामाङ, भुपालसिं तामाङ, ङेमा दोर्जे थोकर लगायतका सहभागी थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।