जिल्ला समन्वय समिति महाासंघको चौथो राष्ट्रिय महाअधिवेशनबाट काभ्रे जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम उप–महासचिव पदमा निर्विरोध निर्वाचित भएका छन् ।
नेकपा (एकीकृत समाजवादी)का जिल्ला उपाध्यक्ष समेत रहेका गौतम प्रखर वक्ता र स्पष्ट वक्ताको रुपमा समेत चिनिन्छ । काभ्रेको वामपन्थी आन्दोलनमा महत्वपूर्ण योगदान दिएका उनी विद्यार्थी आन्दोलनबाट आएका नेता हुन् ।
यसअघि सकिएको नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ अधिवेशनबाट केन्द्रीय समितिमा काभ्रेपलाञ्चोक जिल्लाको उपस्थिति शुन्य थियो । जिसस काभ्रेमा गौतम निर्वाचित भएर आएसँगै जिल्लामा अनुगमन र समन्वयको कामले तीब्रता पाइरहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















