काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले शारिरिक रुपमा अपाङ्गता भएकाहरुलाई आवश्यक सहायता सामाग्री वितरण गर्ने भएको छ । पालिकाको प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद ढकालले एक सूचना जारी गर्दै सो सामाग्री वितरण गर्ने जानकारी दिएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत ढकालले जारी गरेको सूचना अनुसार यहीँ पुष २८ गतेदेखि ३० गतेसम्म सहायता सामाग्री वितरण गर्ने छ । प्रत्येक वडाहरुमा पुगेर शारिरिक रुपमा असक्त, अपाङ्गता भएकाहरुलाई आवश्यक सहायता दिएर उनीहरुलाई जीवन यापनमा सहज बनाउने ढकालले बताए ।
गाउँपालिकाले जारी गरेको सूचना अनुसार वडा नं. १, २ मा पुष २८ गते मलडाँडा मल्लवी प्राविमा विहान ९ बजे देखि ४ बजेसम्म, वडा नं. ३, ४, ५, ६, ७ मा पुष २९ गते पोखरी नारायणस्थान स्वास्थ्य चौकीमा र वडा नं. ८, ९ मा पुष ३० गते मेच्छेपौवा स्वास्थ्य चौकीमा रहनेछ ।
शिविरमा आउँदा अस्पतालमा चेकजाँच गरेका कागजात भएमा लिएर आउन अनुरोध गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

















