काभ्रे जिल्लाको रोशी गाउँपालिकामा शिक्षा नीति र योजना निर्माण कार्यशाला सम्पन्न भएको छ ।
कार्यशाला रोशी गाउँपालिकाको अध्यक्ष दिनेश लामाको अध्यक्षतामा प्रा. डा. बालचन्द्र लुइटेलको सहजीकरणमा सम्पन्न भएको थियो ।
कार्यशालामा गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईवा, प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङ, विभिन्न वडाका वडा अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक संघ संघठनका प्रतिनिधि, शिक्षक, बालविकास केन्द्रका शिक्षक लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेका थियो ।
कार्यशालमा समूह कार्य मार्फत शिक्षा नीति तथा योजना निर्माणका लागि सल्लाह, सुझाव संकलन गरिएको प्रवक्ता वसन्त तामाङले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















