काठमाडौ । तामाङ सांगीतिक क्षेत्रका निकै लोकप्रिय नाम हो विश्व दोङ। आम दर्शक र श्रोताहरुले रुचाएको एक कुशल गायक तथा संगीतकार तामाङ कलाकार संघको अध्यक्ष विश्व दोङको तामाङ सेलो गीत ‘हेर्दैमा राम्री’ भिडियो सहित सार्वजनिक भएको छ ।

यस अघि सार्वजनिक भएको ‘कहाँ पर्‍यो घर’ बोलको गीत निकै चर्चाको शिखरमा पुग्न सफल भएपछि फेरि नयाँ गीत “हेर्दैमा राम्री” बजारमा ल्याएको हो।

गीतकार कुमार बोम्जनको शब्द रचना लोकप्रिय गायक तथा संगीतकार विश्व दोङ संगीत रहेको गीतमा स संगीतकारद्धय दोङको साथमा जनवादी गायिका कमला दोङको सुमधुमर आवाज रहेका छन् ।भने अडियोको एरेञ्ज गायक तथा संगीतकार विश्व दोङले रहेको गीतको मिक्सिङ दिपेस प्रधानले गरेका थिए।

यस हेर्दैमा राम्री गीतको म्युजिक भिडियोमा संगीतकारद्धय विश्व दोङ र मोडल सोङ्मित थिङले मुख्य भुमिका अभिनय गरिएको छ।

युवा मोडल तथा निर्देशक अभि लामाले निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोको छायांकन तथा सम्पादनको सम्पूर्ण कार्य फारा अर्पणले गरेका हुन् ।भने ड्रोन क्याप्टेनमा अभिनश मानन्धर रहेको छ।

उक्त गीत सोमबार विश्व दोङ(Bishwo Dong)को अफिसियल  युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुस् ।

Comments

comments