काभ्रे निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सांसद सुर्यमान दोङ (लालध्वज) ले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेट गरेका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सांसद लालध्वजले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

भेटमा लालध्वजले कृषकलाई तत्काल मल उपलब्ध गराउनका लागि प्रधानमन्त्रीको तहमा नेतृत्व लिनुहुन अनुरोध गरे । किसानले मलको सन्दर्भमा धेरै दुःख पाइरहेको स्मरण गराउँदै उले भने, ‘किसानले मलको समस्या भोगेको वर्षौं भइसक्यो, यो समस्या आज पनि उस्तै छ, प्रधानमन्त्रीज्युले गम्भीरतापूर्वक यो विषयको समाधानमा लाग्नुहुन म अनुरोध गर्दछु ।’

पूर्व उर्जा राज्यमन्त्री समेत रहेका लालध्वजले काभ्रेको विकासका निम्ति आफूले विभिन्न मन्त्रालयमा योजना पेश गरेको बताउँदै त्यसबारे विशेष ध्यान दिन समेत अनुरोध गरे ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले मलको समस्या समाधानका लागि आफूले पहलकदमी लिइसकेको बताए । काभ्रेको विकासका सन्दर्भमा पनि कुनै पनि कसर बाँकी नराख्ने प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।