काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाले यातायात सम्बन्धी ६ बुँदे नियम जारी गरेको छ । जिल्ला ट्राफिक कार्यालयसँगको सहकार्यमा गाउँपालिकाले सो नियम जारी गरिएको हो ।

दुर्घट्नालाई न्यूनिकरण गर्न र यातायातलाई व्यवस्थित बनाउन गाउँपालिकाले ६ बुँदे नियम जारी गरिएको गाउँपालिकाले जनाएको छ ।

यी हुन ६ नियम

१. निर्धारित समयमा बसपार्कबाट बस छुटेपछि १० मिनेटभित्र पार्वती मा.वि., १५ मिनेट भित्र पार्थली र ३५/४० मिनेटभित्र देवस्थान कट्नु पर्नेछ ।

२. बसपार्कबाट आफ्नो क्यू समयमा हिडेपछि सवारी चालक बसबाट ओर्लेर अन्यत्र नजाने

३. बजार क्षेत्र, विद्यालय क्षेत्र, अस्पताल क्षेत्र लगायत संवेदनशील क्षेत्रमा असर पर्नेगरी हर्न नबजाउने ।

४. पाट्नेखोला पुलबाट प्रहरीचौकी अगाडि हुँदै तीनदोबाटोतर्फ एकतर्फी गर्ने र चारदोबाटोबाट २ नं. वडा कार्यालयसम्म ओरालो एकतर्फी कायम गर्ने ।

५. बजार क्षेत्र, विद्यालय क्षेत्रलगायतका क्षेत्रमा गति सिमित गरी चलाउने ।

६. कुनै पनि सवारीले ट्राफिक नियम उल्लंघन गरेमा तत्काल कारवाही गरिने व्यहोरा जानकारी गराइन्छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।